images
images

जनकल्याण बहुउद्देश्यीय सहकारीको कूल पूँजी ११ करोड ९० लाख

  • ६ कार्तिक २०८१, मंगलवार १९:३२

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका ८ क्षेत्रपास्थित जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभा सहकारीको ११ करोड ९० लाख ३ हजार ८९८ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो । साधारणसभाको अवसरमा सहकारीका अध्यक्ष डम्वरबहादुर खड्काले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै, कोषाध्यक्ष हरीसुुन्दर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा ९ करोड ८६ लाख ९८ हजार २२६ रुपैयाँ बचत र १० करोड ३६ लाख ९४ हजार ९४६ रुपैयाँ ऋण लगानी रहेको जानकारी दिनुभयो । सहकारीमा ३ हजार २१३ जना सदस्य रहेका छन् ।

साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक सुन्दर थापाले लेखा समितिको प्रतिवेदन र आयआर्जन उपसमिति संयोजक सुजनकुमार मिजारले आयआर्जन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सहकारीले साधारणसभाको अवसरमा ज्येष्ठ सदस्य, असल ऋणी, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट बचतकर्ता, दुुई जना पशुपालक कृषक तथा ३२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको सचिव पूर्ण बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि एवम् दोलखा जिल्ला बचत तथा ऋण सहकारी सँघका अध्यक्ष भूमीराज खड्का, जनमुखी साकोसका अध्यक्ष माधव प्रसाद दाहाल, जनसचेतन साकोसका कार्यबाहक अध्यक्ष गोपालध्वज श्रेष्ठ, जनप्रेमी साकोसका कोषाध्यक्ष बलबहादुर खत्री लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।