images
images

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस तीन र एमाले एक स्थानमा विजयी

  • ६ मंसिर २०७९, मंगलवार ०६:४३

प्रतिनिधिसभातर्फ जारी मतणनामा सत्तारुढ नेपाली कांग्रेस तीन स्थानमा विजयी भएको छ भने ४५ स्थानमा अग्रता लिएको छ ।

यो समाचार तयार पार्दासम्म कांग्रेसले प्रतिनिधिसभातर्फ तीन स्थानमा जित हात परेको हो । नेकपा एमालेले भने एक स्थानमा विजयी हात पारेको छ । ३५ सिटमा एमालेले अग्रता कायमै राखेको छ । प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा , जनमत पार्टी र अन्य पार्टीले जित हात पार्न सकेका छैनन । तर माओवादीले १२ स्थानमा अग्रता लिएको छ भने नेकपा एकिकृत समाजवादीले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ८, राप्रपाले ७ र जनमत पार्टीले एक स्थानमा तथा अन्य पार्टीले १६ स्थानमा अग्रता कायम राखेका छन् ।