काठमाडौँ । निकै चासोका साथ हेरिएको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले दोब्बर मतले अग्रता लिएको छ ।
जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त सीके राउत प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि रहेका छन् ।अहिलेसम्म गनिएको मतमा जनमतका अध्यक्ष राउतले ११ हजार ६ सय ६९ मत ल्याएका छन् । एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादवले भने ५ हजार ८ सय ४६ मत ल्याएका छन् । यादव राउतभन्दा ५ हजार ८ सय २३ मतले पछाडि छन् ।
त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार १ सय ६५ मत ल्याएका छन् । सप्तरी२ जनमत पार्टीका अध्यक्ष राउतको गृहनगरसमेत हो । यसअघि स्थानीय तह चुनावमा जनमत पार्टीले सप्तरीका २ वटा स्थानीय तहमा जित हात पारेको थियो।










