images
images

चितवन २ को मतगणनामा रवि पहिलो स्थानमा उक्लिए

  • ६ मंसिर २०७९, मंगलवार ०८:१४

चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् ।

यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ७१२ मत पाएका छन् ।