images
images

काठमाडौँ क्षेत्र नम्बर ८ को प्रदेशसभा क मा हाम्रो नेपाली पार्टीका बज्राचार्य निर्वाचित

  • ६ मंसिर २०७९, मंगलवार १२:०७

काठमाडौ । काठमाडौ क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा क बाट हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन् ।

बज्राचार्य निकटतम प्रतिष्पर्धी नेकपा एमालेका राजेश शाक्यलाई १ हजार ७ सय ५१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत दीपक धितालका अनुसार बज्राचार्यले ५ हजार ४ सय ६२ मत ल्याएका छन् भने नेकपा एमालेका राजेश शाक्यले ३ हजार ७ सय ११ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेशका राजुराज जोशि ३ हजार ६७० मतसहित तेस्रो स्थानमा छन् । यद्यपि बज्राचार्य निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । योसँगै हाम्रो नेपाली पार्टीले काठमाण्डौ क्षेत्र नम्बर ८ बाट खाता खोलेको हो ।