images
images

दोलखा एमालेको उजुरी उपर अध्ययन भैरहेको निर्वाचन आयोगको भनाई

  • ६ मंसिर २०७९, मंगलवार १३:३४

दोलखा । निर्वाचन आयोगले दोलखामा बुथ कब्जा भएको भनेर परेको उजुरी उपर छिट्टै निर्णय लिने बताएको छ ।

आयोगका सहायक प्रबक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन आयोगमा दोलखामा पुन मतदानको माग गर्दै परेको उजुरी प्राप्त भएको र सो उपर अध्ययन भैरहेको बताउनुभयो । हाम्रो अपडेटसँग कुराकानी गर्दै सहायक प्रबक्ता अर्यालले आयोगले प्रक्रिया पुरा गरेर छिट्टै निर्णय लिने भन्दै प्रक्रिया पुरा गरिन्जेल पर्खन आग्रह गर्नुभयो । दोलखामा आईतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अझै मतगणना सुरु हुन सकेको छैन । मतगणना सुरु नभएपछि दोलखामा तनाव बढिरहेको छ । मतगणनाको माग गर्दै गठबन्धन दलले लगातार नारावाजी सहित प्रदर्शन गरीरहेका छन् ।

नेकपा एमाले दोलखाले जिल्लाको बिभिन्न ५ बुथको निर्वाचन रद्ध गरी पुनः निर्वाचन गर्न माग गर्दै निर्वाचनकै दिन उजुरी दिएको थियो । यस बिषयमा निर्वाचन आयोगको आधिकारिक धारणा नआउँदा मतगणनामा अन्यौल सिर्जना भएको छ । दोलखाका सहायक निर्वाचन अधिकृत शिव पोखरेलले मतगणना सुरु गर्नका लागि आफुहरु आयोगको निर्णय पर्खेर बसिरहेको बताउनुभयो ।