images
images

सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा एमाले, २ मा कांग्रेसको अग्रता

  • ६ मंसिर २०७९, मंगलवार १७:२२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा एमाले र २ मा नेपाली कांग्रेसले अग्रता लिएका छन् ।

क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार सरेश नेपाल अगाडि छन् । उनले ६ हजार ५० मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका माधव सापकोटाले ५ हजार १७१ मत पाएका छन् । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार युद्धविक्रम तामाङ र नेपाली कांग्रेसका उम्मेदवार मसिना खड्काबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

तामाङले ७ हजार ३४६ र खड्काले ७ हजार ३२८ मत पाएका छन् । क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार मोहन बहादुर बस्नेतले ५ हजार ९५४ मतसहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले ४ हजार ३८२ मतसहित पछ्याइरहेका छन् ।