images
images

निर्वाचन मतपरिणामः प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस, एमालेको अग्रता

  • ६ मंसिर २०७९, मंगलवार १९:३८

काठमाडौं । देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले ४ स्थानमा जित हात पारेको छ भने ४५ स्थानमा अग्रता लिएको छ । नेकपा एमालेले दुई स्थानमा जित र ३९ स्थानमा अग्रता कायम राखेको छ । यस्तै नेकपा माओवादी केन्द्रले १८ स्थानमा अग्रता लिएको छ । प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १३, नेकपा एकिकृत समाजवादीले ८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, नागरिक उन्मुक्ती पार्टीले ४ र जनमत पार्टीले दुई स्थानमा अग्रता बनाएका छन् ।

यसैगरी प्रदेशसभातर्फ हालसम्म प्राप्त विवरण अनुसार नेपाली कांग्रसले ४ स्थानमा जित र ११ स्थानमा अग्रता लिएको छ । नेकपा एमालेल प्रदेशसभातर्फ एक स्थानमा जितेको छ भने १५ स्थानमा अग्रता कायम गरेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले ५ स्थानमा अग्रता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानमा जित र दुई स्थानमा अग्रता लिएको छ । प्रदेशसभातर्फ नेकपा एकिकृत समाजवादीले ४ स्थानमा अग्रता लिएको छ ।