images
images

बैंक तथा वित्तिय संस्था सञ्चालकले आफु सम्बद्ध संस्थाबाट पेश्की तथा ऋण सापटी लिन नपाउने

  • ६ मंसिर २०८०, बुधबार ०७:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चालक तथा संस्थापक शेयरधनीले आफु सम्बद्ध संस्थाबाट कुनै पनि प्रकारको पेश्की तथा ऋण सापटी लिन नपाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै यस्तो उल्लेख गरेको हो । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र वा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, मनिचेन्जर, विप्रेषण कम्पनी, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालकमा सञ्चालक तथा पदाधिकारीका रूपमा बहाल रहेको व्यक्ति एकैपटक अन्य भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थामा प्रतिनिधित्व गर्न वा कुनै पनि पदमा बहाल रहन नपाउनेगरी नियम बनाइएको छ ।निर्देशनमा संस्थाको बैंक खाता सञ्चालन गर्ने तथा संस्थाको तर्फबाट पत्राचार गर्ने लगायतका कार्य गर्नेगरी सञ्चालकले संस्थाको दैनिक कामकारवाहीमा हस्तक्षेप गर्न र संलग्न हुन नपाउने भनिएको छ । बैँकहरुले एउटै प्रकारका कर्जामा पनि छुट्टाछुट्टै किसिमका ब्याजदर कायम गरेको पाइएपछि नेपाल राष्ट्र बैँकले यसमा कडाइ गरेको छ । केन्द्रीय बैँकले कर्जाको व्याजमा अधिक भिन्नता हुन नदिन एउटै किसिमको कर्जामा दुई प्रतिशत भन्दा माथि व्याजदर बनाउन नपाउने प्राव्धान बनाएको हो ।

बैंक तथा वित्तिय संस्थाहरुलाई कर्जा लगानी र व्याजदरको विषयमा नेपाल राष्ट्र बैंकले एकै प्रकारका कर्जामा ऋणीहरुबीचको व्याजदर अन्तर २ प्रतिशतभन्दा बढी पार्न नपाईने व्यवस्था गरेको हो । बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिँदा आफुले लिने कर्जासम्बन्धी नियामकीय प्राव्धान तथा कर्जा प्रदान गर्ने संस्थाले लागु गर्ने सर्तहरु बुझेर मात्र कर्जा लिन समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।