images
images

सिन्धुलीको तीनपाटनका एक बृद्ध मृत फेला

  • ६ मंसिर २०८०, बुधबार १०:५७

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकामा एक बृद्ध मृत फेला परेका छन् ।

तीनपाटन गाउँपालिका–१ का ६९ वर्षिय पिताम्बर ठकुरी मृत फेला परेका हुन् । बेलघारीमा पसल गरी बस्दै आएका उनी पसलबाट घर जानेक्रममा बाटोमै मृत फेला परेको प्रहरीले जनाएको छ । ठकुरी अवेरसम्म पसलबाट घर नफर्किएपछि खोजी गर्ने क्रममा बाटोमै मृत्यु भएको अवस्थामा शव भेटिएको परिवारजनले बताएका छन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।