images
images

काभ्रेपलाञ्चोकमा सामुदायिक वनको रकम हिनामिना गर्ने तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा

  • ६ मंसिर २०८०, बुधबार १६:४२

काठमाडौं । काभ्रेपलाञ्चोकमा सामुदायिक वनको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।

भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई र कोषाध्यक्ष माधवप्रसाद चौलागाईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर भएको हो । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्धा दर्ता गर्दै ९ लाख १३ हजार २ सय ९० पैसाको बिगो जरिवाना र कैद सजायको मागदावी लिएको छ । उनीहरुले आपसी मिलोमतोमा संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैँकमा रहेको खाताबाट गलत नियत राखी अनियमित रुपमा रकम झिक्न लगाएर सो रकम हिनामिना गरेको पाइएको छ ।

तीन जनाविरुद्ध भ्रष्टचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा जरिवाना र कैद सजायको मागदावी लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।