images
images

गणतन्त्र उल्टाउने सपना नदेख्न प्रधानमन्त्री प्रचण्डको चेतावनी

  • ६ मंसिर २०८०, बुधबार २०:२२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र उल्ट्याउने सपना नदेख्न चेतावनी दिनुभएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । अहिलेको परिवर्तन साना दुःखले नआएको भन्दै उहाँले यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएको बताउनुभयो । यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हुने प्रधानमन्त्री प्रचण्डको दावी छ ।

एकथरी मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गरिरहेको भन्दै उहाँले उनीहरूको संस्कार सिकाउन खोज्नुको कुनै अर्थ नभएको बताउनुभयो ।