काठमाडौँ । मुलुकभरका साँढे ३ सय सहकारीमा बचतकर्ताको २ खर्ब ७५ अर्व रकम अपचलन भएको पाईएको छ ।
मुलुकभरका ३५७ सहकारीमा करिब १४ लाख बचतकर्ताको २ खर्ब ७५ अर्ब जोखिममा परेको हो । समस्याग्रस्त घोषणा नभएका तर, बचतकर्ताको रकम ठगीमा संलग्न भएका सहकारीको संख्या ३५७ पुगेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासँघले जनाएको छ । महासँघका अनुसार ती सहकारीमा बचतकर्ताको दुई खर्ब ७५ अर्ब रकम अपचलन भएको हो ।
हाल मुलुकभर रहेका ३१ हजार ३७३ सहकारीमा ७४ लाख बचतकर्ता रहेका छन् । त्यसमध्य २३ लाख ऋणी रहेको सहकारी विभागको तथ्यांक छ । सोही मध्यका २२ सहकारीलाई सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीमा मात्रै ३९ अर्ब ५२ करोड ४५ लाख २६ हजार ८१८ रुपैयाँ रकम हिनामिना भएको छ ।
सरकारले गठन गरेको सहकारी संस्था बचत दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले भने ४० सहकारीको ८७ खर्ब ८९ करोड अपचलन भएको निश्कर्ष निकालेको थियो । २२ समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका १८ गरि ४० सहकारीमा ७१ अर्ब ३० करोडको बचत रकमसहित ८७ अर्ब ८९ करोड दायित्व देखिएकोमा कुनै पनि बचतकर्ताको रकम फिर्ता हुन सकेको छैन ।
सहकारी ऐन, २०७४ जारी भएको ७ वर्षसम्म पनि सरकारले कार्यान्वयनमा चासो नदिँदा बचतकर्ताको रकम फिर्ता अनिश्चित बनेको छ ।