images
images

दुई दिनदेखि नयाँ राहदानी वितरणको काम ठप्प, सेवाग्राही मर्कामा

  • ७ मंसिर २०८१, शुक्रबार १६:५०

काठमाडौँ । राहदानी विभागको प्रणालीमा समस्या आएपछि दुई दिनदेखि नयाँ राहदानी वितरणको काम ठप्प भएको छ ।

विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरण प्रक्रिया ठप्प भएको हो । प्रणालीमा समस्या आएपछि द्रुत राहदानी बनाएर विदेश जाने प्रक्रिया सुरु गर्नुपर्ने मानिसहरुलाई समस्या भएको छ । राहदानी वितरणमा हिजोदेखि नै समस्या आएपछि आईतबारसम्म त्रिपुरेश्वरस्थित विभागको मुख्यालयबाट सेवा सूचारु गर्ने गरि समस्या समाधानको प्रयास भईरहेको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले जानकारी दिनुभयो ।

समस्या आएपछि विभागले आजै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएमो समस्या र समाधानको प्रयास भईरहेको बारे जानकारी गरएको हो । प्राविधिक समुहले समस्या समाधानका लागि आगामी आईतबारसम्मको समय लाग्ने बताएपनि राहतदानी वितरणको काम अनिश्चित कालका लागि ठप्प भएको छ ।