images
images

दोलखाली गायिका उषा गजुरेलको ‘हजुरकै मायाले’ चार दिनमै पायो १ लाख १३ हजार भ्यूज

  • ७ मंसिर २०८१, शुक्रबार १९:४०

दोलखा । दोलखाली गायिका उषा गजुरेलको नयाँ साङ्गितिक कोशेली ‘हजुरकै मायाले’ सार्वजनिक भएको छ ।

उषा गजुरेल र सुरज पण्डितको आवाजमा रहेको नयाँ साङ्गितिक कोशेली युट्युव मार्फत सार्वजनिक भएको हो । उषा गजुरेल युट्युव च्यानल मार्फत चार दिन अघि सार्वजनिक गितले एक लाख १३ हजार भ्यूज पाईसकेको छ । सुरज पण्डित र प्रतिमा अधिकारीको शव्द रहेको गितमा पण्डित आँफैले संगित भरेका छन् ।

माया प्रेमको भाव समेटिएको गितमा उषा गजुरेल र सुरज पण्डितका अलवा कुशल विष्ट र स्वेता मिश्रको अभिनय रहेको छ । गितमा मायामा देखिने विश्वास र आशंकाका साथमा दुई प्रेमिल जोडिको भावना समेटिएको छ । एक अर्काको माया र साथमा संसार बिर्सिने भाव पनि गितले समेटेको छ ।

गजुरेल र पण्डितको यसअघिको कानैमा माडुली दिउँला गित पनि निकै लोकप्रीय भएको थियो । पश्चिमेली लोकभाका रहेको ‘कानैमा माडुली दिउँला’ को सफलता पछि दुई जनाको पुनः अर्काे लोक भाका सार्वजनिक भएको हो ।

दोलखाली गायिका गजुरेलको मायाको सम्झना दिनमा लाख चोटी, यो सोझो पल्कियो, श्वास, मौसम, सोल्टिनी लगाएतका गितहरुले पनि निकै चर्चा पाईसकेका छन् । नेपाली गायन रियालिटी सो ‘द भ्वाईस अफ नेपाल सिजन ४’ बाट उदायकी गजुरेल उदयमान गायिका हुन् ।