images
images

माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने

  • ७ पुष २०७९, बिहीबार ०८:२०

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्दैछ ।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो ।त्यसका लागि आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ । संसदीय दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित भइसकेको छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् ।