images
images

बागमती प्रदेशको वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि समिती गठन  

  • ७ पुष २०७९, बिहीबार ०८:५२

हेटौंडा । बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि समिती गठन गरेको छ ।
मन्त्रीपरिषद् बैठकले १ सय १९ वटै वडामा वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि ३ सदस्यीय समिती गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले जानकारी दिनुभयो । समितीको संयोजकमा मन्त्री खनाल रहेका छन् भने सदस्यमा वन तथा वातावरण मन्त्री विशाल खड्का र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मिसन बाबु श्रेष्ठ रहेका छन् । चालु आथिक वर्ष २०७९/८० को निती तथा कार्यक्रम र बजेटमा व्यवस्था भएको वडा समाजवादी कार्यक्रम कार्यविधि बनाएर कार्यान्वयन गर्ने तयारी अनुसार प्रदेश सरकारले मन्त्रीपरिषद्बाट वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरिसकेको छ । प्रदेशका १ सय १९ वटै पालिकाको एक र एक वडामा सरकारले हाल २५ करोड रुपैयाँ विनियोजन गरेको र एउटा वडालाई कार्यक्रम कार्यान्वयन गर्न १ करोड रुपैयाँ विनियोजन गरिने मन्त्री खनालले बताउनुभयो ।