images
images

माओवादी संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा पाण्डे सर्वसम्मत

  • ७ पुष २०७९, बिहीबार १६:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष समेत रहेका पुष्पकमल दहाल प्रचण्ड चयन हुनुभएको छ ।

माओवादी संसदीय दलको आज बसेको बैठकले प्रचण्डलाई निर्विरोध संसदीय दलको नेतामा चयन गरेको हो । यस्तै दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन हुनुभएको छ । तर दलको उपनेता र सचेतक थप गृहकार्य गरेर मात्रै चयन गर्ने माओवादी केन्द्रले जनाएको छ । नयाँ सरकार गठन भएपछि सचेतक र उपनेताको टुंगो लगाउने बताइएको छ ।

यसैबीच, माओवादी केन्द्रबाट राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन हुनुभएको छ । यसअघि राष्ट्रियसभा दलको नेतामा दिनानाथ शर्मा थिए ।