images
images

कालिञ्चोक भ्रमणमा आएका जर्मनी नागरिक दुर्घटनामा परी घाइते

  • ७ पुष २०७९, बिहीबार १७:०६

दोलखा । दोलखाको धार्मिक एवम् पर्यटकीय क्षेत्र कालिञ्चोकको भ्रमणमा आएका एक जर्मनी नागरिक मोटरसाइकल दुर्घटनामा परी घाईते भएका छन् ।

आज दिउँसो सदरमुकाम चरिकोटबाट मोटरसाइकल लिएर एक्लै कालिञ्चोक क्षेत्रको भ्रमणमा हिँडेका जर्मनी नागरिक ४८ वर्षिय रोवट निमियर दुर्घटनामा परी घाइते भएका हुन् । उनले आफैंले चलाएको प्रदेश १–०२–३६ प ०८४७ नम्बर मोटरसाइकल देउरालीमा दुर्घटना भएको दोलखाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएका उनलाई अन्नपुर्ण एयरको हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं पठाइएको उहाँले बताउनुभयो । उनको अवस्था सामान्य भएपनि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको हो ।

रोवटको अहिले ह्याम्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते भएका उनको खुट्टामा चोट लागेको थियो । जर्मनी नागरिक रोवटले काठमाडौंबाटै मोटरसाइकल लिएर आएको खुलेको छ । दुर्घटनामा परेको मोटरसाइकल अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ ।