images
images

नेपाल विधुत प्राधिकरणले १३२ केभी लामोसाँघु–रामेछाप प्रसारण लाइन निर्माण गर्ने

  • ७ पुष २०७९, बिहीबार १७:४१

जिरी (दोलखा) । नेपाल विद्युत प्राधिकरणले लामो साँघु रामेछाप/काभ्रे प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ ।

प्राधिकरणले १३२ केभी लामो साँघु–काभ्रे/रामेछाप प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको हो । प्राधिकरणले आयोजना निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव माग गरेको छ । प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा कस्तो प्रभाव पर्छ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला त्यक्ति वा संस्थासँग लिखित रायसुझाव माग गरिएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार प्रभावितले आगामी एक साताभित्र प्राधिकरणको कार्यलय वा परामर्शदाता सिदार्थ इन्भाएरोमेन्टल सर्भिसको कार्यालयमा प्राप्त हुने राय सुझाव पठाउनुपर्नेछ । प्रसारण लाइन रामेछापको दोरम्बा गाउँपालिका, खाडादेवी गाउँपालिका र सुनापाति गाउँपालिका तथा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका, सुनकोशी गाउँपालिका र काभ्रेपाञ्चोकको चौरीदेउराली गाउँपालिकासम्म निर्माण हुने प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन सिन्धुपाल्चोकदेखि काभ्रेपञ्चोक हुँदै रामेछापसम्म करिब ३८ दशमलव २ सय ६७ किलोमिटर लामो हुनेछ ।  सो प्रसारण लाइन निर्माण गर्दा १२९ वटा टावर खडा गर्नुपर्नेछ । आयोजना निर्माण गर्दा रामेछाप, सिन्धुपाल्चोक र काभ्रेपञ्चोक गरी १२ वटा स्थानीय तहहरु प्रभावित हुनेछन् ।