काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरिक्षक (इन्स्पेक्टर) पदमा २ हजार ७ सय ९३ जनाको आवेदन परेको छ प्रहरी प्रधान कार्यालयले यो वर्ष ९६ जना इन्स्पेक्टरकालागि भर्ना खुल्ला गरेको थियो ।
विगतका बर्षको तुलनामा यो वर्ष इन्स्पेक्टरका लागि आवेदन दिनेको संख्या घटेको छ । गत वर्ष २ सय ६० जना इन्स्पेक्टर माग गरिएकोमा १ हजार ९ सय ३२ जनाको आवेदन परेको थियो । युवा पुस्ता अध्ययन र रोजगारीकालागि विदेश जाने क्रम बढेपछि आकर्षण घट्दै गएको नेपाल प्रहरीका उच्च अधिकारीहरुले बताएका छन् ।
नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (असइ) पदमा भने उच्च आवेदन परेको छ । यो वर्ष २ सय ६० जना असइ माग गरिएकोमा १ हजार ९ सय ३२ जनाको आवेदन परेको छ ।










