images
images

रास्वपा सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्वन हुने

  • ७ पुष २०८१, आईतवार १६:०८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पद स्वतः निलम्बन हुने भएको छ ।

सम्पत्ती शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्वन हुने भएको हो । सम्पत्ती शुद्धीकरण (मनी लाउण्डरिङ) निवरण ऐन, २०६४ (संशोधनसहित) को दफा (२७) बमोजिम लामिछानेको पद स्वतः निलम्वन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज रवि लामिछाने सहित ३१ जनाबिरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा सजाय माग गर्दै जिल्ला अदालत कास्कीमा अभियोग दर्ता गरेको थियो ।