
जिरी (दोलखा) । दोलखाको भिमेश्वर नगरपालिकामा पैदलयात्रीलाई ठक्कर दिने हाइलक्स गाडीका चालक विरुद्ध सवारी ज्यान मुद्धा दर्ता भएको छ ।
पैदलयात्रीको मृत्यु हुने गरी ठक्कर दिने चालकविरुद्ध दोलखा प्रहरीले अनुसन्धान अघि बढाएको हो । चालक सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका –७ का ५३ वर्षीय जेठा तामाङ विरुद्ध आज दोलखा जिल्ला अदालतबाट १० दिनको म्याद गरि अनुसन्धान अघि बढाइएको दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो ।
तामाङले चलाएको प्रदेश नम्बर ३०१–०२४ च २६०४ नम्बरको हाइलक्स गाडीको ठक्करबाट शुक्रबार दोलखाको भिमेश्वर नगरपालिका–५ चोथाङका ५४ वर्षीय ज्ञान बहादुर तामाङको मृत्यु भएको थियो । चालक तामाङलाई घटना लगतै दोलखा प्रहरीले नियन्त्रण लिएको थियो ।