images
images

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण

  • ९ माघ २०७८, आईतवार ०५:३५

काठमाडौं । पूर्व प्रधानमन्त्री एवँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनदेखि स्वास्थ्यमा असहजता देखिएपछि अध्यक्ष ओलीको शनिवार कोरोना परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो । सुरुमा ऐन्जिटेन परिक्षण गर्दा पोजेटिभ रिर्पोट आएको र पिसिआर परिक्षण समेत कोरोना नैं पुष्टि भएको ओलीको सचिवालयले जनाएको छ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको छ । अध्यक्ष ओलीसँगै उनकी पत्नि राधिका शाक्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओली उनकी पत्नि अहिले आफ्नै निजी निवास बालकोटमा आइसोलेसनमा रहेका छन् ।