images
images

बागमतीमा सरकार गठनको दुई साता पुरा, १३ मन्त्रालय मुख्यमन्त्री जम्मकट्टेलले सम्हाल्दै

  • ९ माघ २०७९, सोमबार ०८:०४

हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री पाएको दुई साता पुग्दासमेत सरकारले पुर्णता पाउन सकेको छैन ।

प्रदेशमा नयाँ सरकार गठनसँगै मन्त्रालयको संख्यामा कटौती र सत्ता गठबन्धनबिच भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाई भएको हो । प्रदेशको १४ वटा मन्त्रालयमध्ये १३ वटा मन्त्रालय मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एक्दै सम्हाल्दै आउनु भएको छ । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बन्नुभएका उद्धव थापा मन्त्रालयविहिन मन्त्री बनेको दुई साता पुग्न लागेको छ । बिना विभागीयमन्त्री थापाले भौतिक पुर्वाधार विकास मन्त्रालय दाबी गर्नुभएको र सत्ता गठबन्धनमा रहेका दलले दिन आनाकानी गर्दा थापाको मन्त्रालय टुंगो लाग्न ढिलाई भएसँगै उहा मुख्यमन्त्री तथा मन्त्र्रीपरिषद् कार्यालयलेको एउटा कोठामा सिमित बन्नुभएको छ । गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्तीपछि २६ गते शपथ लिएर तीन सदस्यीय मन्त्रीमण्डल बनाउनुभएको जम्मकट्टेलको मन्त्रीपरिषदमा नेकपा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको छ । सरकार गठनसँगै मन्त्रालयको संख्या घटाउने निर्णय सरकारले गरेपनि सत्ता गठबन्धनमा रहेका दलहरुले गरेको मागअनुसार मन्त्रालय भाग लगाउँदा मन्त्रालय नघट्ने भएपछि सरकार विस्तार र मन्त्रालयको भागबन्डा सकसपुर्ण बनेको छ ।

यसैबिच, बागमती प्रदेशमा मन्त्रालय संख्या घटाइने भएको छ । प्रदेशमा १४ वटा बाट घटाएर ११ वटा मन्त्रालय बनाइने भएको हो । १४ वटा मन्त्रालयबाट अब ११ वटामा झारिने र राज्यमन्त्री नराखिने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताउनुभयो । जम्मकट्टेल यसअघ आर्थिक मामिला तथा योजनामन्त्री हुँदा प्रदेशमा ८ वटा मन्त्रालय टुग्याएर १४ वटा बनाउनुका साथै चार राज्यमन्त्रीसहित १८ सदस्यीय मन्त्रीमण्डल बनाइएको थियो । प्रदेश सभामुख र उपसभामुखको निर्वाचनपछि पाँच वटा अध्यादेश प्रदेशसभाबाट स्वीकृत भएका छन् । योसँगै सरकार प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।