images
images

अष्ट्रेलियाको ‘टाइटन फिल्म फेस्टिभल’मा ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

  • ९ माघ २०७९, सोमबार ०८:२७

अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा अभिनेत्री ऋचा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

उनी अभिनीत सर्ट फिल्म ‘ब्लड मनी’बाट उनले यो अवार्ड जितेकी हुन् । अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको फेस्टिभलमा जितेको अवार्डको साथमा ऋचा बुधबार नेपाल फर्किँदैछिन् । पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड जितेकी उनी एक सातादेखि अष्ट्रेलियामा छिन् ।सय बढी मुलुकका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको हो । फेस्टिभलमा यो फिल्मको कथावस्तुलाई गम्भीर र फरक रुपमा हेरिएको र विभिन्न देशका मेकरले नेपालमा छायांकन गर्ने इच्छा देखाएको लेखक तथा निर्देशक अशोक तिमल्सिनाले जानकारी दिनुभयो । उनले यो फिल्मबाट विभिन्न फेस्टिभलमा पनि अवार्ड प्राप्त गरिसकेका छन् ।

फिल्मले सिंगापुरको ओल्ड फिल्म कार्निभल, व्हाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड समेत जितेको छ भने विश्वका कयैन् फेस्टिभलमा छनोट भएको छ ।