images
images

चुनावमा टिकट नपाएर असन्तुष्ट बनेका गजुरेल प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार

  • ९ माघ २०७९, सोमबार १३:३९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपमहासचिब सिन्धुलीका नेता हरिबोल गजुरेल नियुक्त भएका छन् ।

सिन्धुली २ बाट प्रतिनिधिसभामा टिकट नपाएर असन्तुष्ट बनेका नेता गजुरेललाई आज प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको हो । २०७० सालमा सिन्धुली ३ बाट संबिधान सभा सदस्यमा निर्वाचित भएका गजुरेल २०७४ सालमा सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा भने टिकट नपाएका उनी २०३३ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन् । २०७० मा माओवादीको कोषाध्यक्ष बनेका उनी २०७५ मा स्थायी समिति सदस्य बनेका थिए । गजुरेल २०७२ सालमा कृषिमन्त्री भएका थिए । प्रधानमन्त्री प्रचण्डले सचिवालयमा यसअघि ७ जना कर्मचारी नियुक्त भैसकेका छन् ।