काठमाडौं । सरकारले हिउँदे अधिवेशन आवहानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते आवहान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । माघ २२ गते संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको अधिवेशन आवहान गर्ने निर्णय भएको सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।










