images
images

नक्कली लालपुर्जा देखाएर ३३ लाख ठगी गर्ने ओखलढुंगाका पुरुष पक्राउ

  • ११ फाल्गुन २०७८, बुधबार १८:०६

काठमाडौं । नक्कली लालपुर्जा देखाएर ३३ लाख ठगी गर्ने ओखलढुंगाका एक पुरुष पक्राउ परेका छन् ।

प्रहरीले जग्गाको नक्कली लालपुर्जा देखाएर बिक्रि गर्ने भन्दै ठगी गरेको आरोपमा ओखलढुंगाको चम्पादेवि गाउँपालिका वडा नम्बर ८ का ३९ वर्षिय हितबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो । उनलाई आज कपनबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । बुढाथोकीले काठमाडौंको साँखुस्थित साल्खा ६ (ख) मा रहेको दुई रोपनीमध्ये आठ आना जग्गा ३५ लाखमै पास गरिदिन्छु भन्दै पीडीतबाट ३३ लाख रकम लिएको जाहेरीपछि उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । रकम लिएर जग्गा पास गर्न आनाकानी गरेपछि पीडीतले मातपोत कार्यालयमा बुझ्दा सो जग्गा अर्कैको नाममा दर्ता भएको थाहा पाएपछि प्रहरीकोमा जाहेरी दिएका थिए ।