images
images

सोलुखुम्बुमा हिउँमा चिप्लिएर लड्दा एक बालिकाको मृत्यु

  • ११ फाल्गुन २०७८, बुधबार १८:२५

सोलुखुम्बु । सोलुखुम्बुमा हिउँमा चिप्लिएर लड्दा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ३ लासे दोभानस्थित खुम्जुङका पासाङल्हामु शेर्पाको ८ वर्षीया छोरी सोनाम छुटिन शेर्पाको हिउँमा चिप्लिएर लड्दा मृत्यु भएको हो । आज बिहान करिब साढे १० बजे सोनाम छुटिन शेर्पा र ९ वर्षीया मिङमा कान्छी शेर्पा लुक्लाबाट घोडामा चढी मामाघर जाँदै गर्दा हिउँमा चिप्लिएर लड्दा गम्भीर घाइते भएका थिए ।

घाइते दुवै बालिकालाई उपचारका लागि नाम्चेस्थित स्वास्थ्य चौकी लैजाने क्रममा एक जनाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । मिङमा कान्छी शेर्पाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।