images
images

वैतेश्वरकी वडा सदस्यको हर्कतः किर्ते हस्ताक्षर र फर्जी बिल पेश गरी पेश्की फछ्र्यौटको प्रयास

  • ९ चैत्र २०७८, बुधबार ०८:०४

दोलखा । नेकपा एमालेको तर्फबाट दोलखाको वैतेश्वर गाउँपालिकामा निर्वाचित एक जनप्रतिनिधिले किर्ते हस्ताक्षर र फर्जि बिल पेश गरी गाउँपालिकाबाट पेस्की फछ्र्यौट गर्न माग गरेको पाइएको छ ।

२०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट वैतेश्वर गाउँपालिका वडा नम्बर ५ मा वडा सदस्यमा निर्वाचित कृष्णमाया दाहालले महिलाको क्षमता अभिबृद्धि तालिममा फर्जी बिल बनाएर पेश्की फछ्र्यौट गर्न पेश गरेको भन्दै पालिकाको न्यायीक समितिमा उजुरी परेको हो । स्थानीय महिलाहरु सिता केसी, राधिका बस्नेत, पवित्रा घिमिरे, देवी मिजार, सिता पाण्डे, टिकामाया नेपाली, ज्योति केसी र सावित्रि अधिकारीले उजुरी दिएका हुन् । गत फागुन २५ र २६ गते वडा सदस्य दाहालको नेतृत्वमा वडामा क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको थियो । गाउँपालिकाको महिला लक्षित बजेटबाट विनियोजन गरेको एक लाख ६० हजार रकम तालिमका लागि छुट्टयाइएको थियो । त्यसमध्ये वडा सदस्य दाहालको नाममा एक लाख पेस्की गइसकेको गाउँपालिकाका लेखा तथा प्रशासन सहायक गोविन्द बुढाथोकीले जानकारी दिनुभयो ।

एक लाख पेस्की लिएकी वडा सदस्य दाहालले तालिममा सहभागीहरुलाई एक दिनमा भत्ता वापत ५ सय रुपैँया उपलब्ध गराइएकोमा किर्ते हस्ताक्षर गरी दैनिक भत्ता वापत एक–एक हजार उपलब्ध गराएको भन्दै गाउँपालिकामा पेश्की फछ्र्यौट माग गरेकी छिन् । लेखा तथा प्रशासन सहायक बुढाथोकीले वडा सदस्य दाहालले बाँकी रकमका लागि गाउँपालिकामा विल पेश गरेको बताउनुभयो । तालिम सञ्चालनका लागि १ लाख ६० हजार बजेट भएको र त्यसमध्ये एक लाख यसअघि पेस्की गइसकेको उहाँले बताउनुभयो । तालिममा सहभागीहरुलाई दुई दिनको तालिम भत्ता वापत एक हजार मात्रै दिएर दुई हजार दिइएको भनिएपछि तालिममा सहभागी ८ जना महिलाहरुले क्षमता अभिमुखीकरण तालिममा आफुहरुलाई एक हजार मात्रै उपलब्ध गराएको र आफुहरुको किर्ते हस्ताक्षर गरी दुई हजार बनाएकाले उनलाई कारवार्ही गर्नुपर्ने माग गरेका छन् । वडा सदस्य दाहालले तालिम सञ्चालनका लागि पालिकाबाट एक लाख रुपैँया पेस्किी लिइसकेकी थिइन् ।

नेकपा एमालेको तर्फबाट दोलखाको वैतेश्वर गाउँपालिकामा निर्वाचित एक जनप्रतिनिधिले किर्ते हस्ताक्षर र फर्जि बिल पेश गरी गाउँपालिकाबाट पेस्की फछ्र्यौट गर्न माग गरेको पाइएको छ ।एक लाख पेश्कि लिएकी वडा सदस्य दहालले तालिममा सहभागीहरुलाई एक दिनमा भत्ता वापत ५ सय रुपैँया उपलब्ध गराइएकोमा किर्ते हस्ताक्षर गरी दैनिक भत्ता वापत एक–एक हजार उपलब्ध गराएको भन्दै गाउँपालिकामा पेश्की फछ्र्यौट माग गरेकी छिन् ।

सो रकम अपुग भएको र एक लाख ६० हजार नै तालिममा खर्च भएको भन्दै दाहालले किर्ते हस्ताक्षर र फर्जी बिल पेश गरी गाउँपालिकाबाट पेस्की फछ्र्यौट गर्न माग गरेपछि स्थानीय आक्रोशित बनेका हुन् । तालिममा ६५ हजार मात्रै खर्च भएको देखिएको र वडा सदस्यले पालिकाबाट थप बजेट पनि माग गरेर एक लाख ६० हजार नै तालिममा खर्च गरेको देखाई ९५ हजार हिनामिना गर्न लागेपछि स्थानीय महिलाहरुले यो विषयमा छानविन गर्न पालिकाको न्यायिक समितिको ढोका ढकढकक्याएका छन् ।

वैतेश्वर गाउँपालिकाले प्रत्येक वडाका केही महिलाहरुलाई छानेर पालिकामा प्रशिक्षक प्रशिक्षण तालिम दिएको थियो । पालिकाले आयोजना गरेको तालिममा सहभागीहरुले वडामा क्षमता अभिबृद्धि तालिम सञ्चालन गर्ने भनिएकोमा वडा नम्बर ५ की वडासदस्यले गाउँपालिकाबाट तालिम लिएका कसैसँग पनि सहकार्य नगरी आफुखुसी वडामा तालिम राखेर रकम हिनामिना गर्न खाजेको भन्दै स्थानीय महिलाहरुले आक्रोश व्यक्त गरेका छन् । उनले तालिम सञ्चालन गर्दाको व्यानरमा समेत दुई वटा शिर्षक राखेकी थिइन् । माथिल्लोमा क्षमता अभिबृद्धि तालिम राखिएको थियो भने सोही व्यानरको तल्लोपट्टी बेमौसमी तरकारी खेती तालिम लेखिएको थियो ।

यतिमात्रै नभई उनले यसअघि पनि महिला कृषि समुह दर्ताका लागि भन्दै स्थानीय २५ जना महिलासँग प्रतिव्यक्ति एक हजार रुपैँयाका दरले रकम लिएर २५ हजार रकम हिनामिना गरेको खुलासा भएको छ । गाउँपालिकामा महिला कृषि समुह दर्ता गरेपछि पालिकाबाट विलपल विउ पाउने भन्दै उनले एक छान टार्न समेत धौ–धौ पर्ने महिलाहरुसँग समेत एक हजारको दरक रकम उठाएर हिनामिना गरेको पाइएको हो । जबकि गाउँपालिकामा महिला कृषि समुह दर्ताका लागि दुई सय रुपैँया पनि खर्च हुँदैन ।

यतिमात्रै नभई उनले यसअघि पनि महिला कृषि समुह दर्ताका लागि भन्दै स्थानीय २५ जना महिलासँग प्रतिव्यक्ति एक हजार रुपैँयाका दरले रकम लिएर २५ हजार रकम हिनामिना गरेको खुलासा भएको छ । गाउँपालिकामा महिला कृषि समुह दर्ता गरेपछि पालिकाबाट विउपलविउ पाउने भन्दै उनले एक छाक टार्न समेत धौ–धौ पर्ने महिलाहरुसँग समेत एक हजारको दरले रकम उठाएर हिनामिना गरेको पाइएको हो । जबकि गाउँपालिकामा महिला कृषि समुह दर्ताका लागि दुई सय रुपैँया पनि खर्च हुँदैन ।

वडासदस्य दाहालले जो महिलाहरुसँग कृषि समुह दर्ताका लागि एक हजार रकम लिएकी थिइन् । उनै महिलाहरुलाई मात्रै तालिममा सहभागी गराएको स्थानीय महिलाहरुले बताएका छन् । यसरी पटक–पटक महिलाहरुलाई झुक्याएर रकम उठाउन र लिन थालेपछि स्थानीय महिलाहरुले उनीमाथि छानविन गरीपाउँ भन्दै न्यायिक समितिमा उजुरी दिएका हुन् । न्यायिक समितिका संयोजक एवम् वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले वडासदस्यमाथि छानविनको माग गर्दै गाउँपालिकामा निवेदन परेपछि निवेदन दिने पक्षसँग हिजो छलफल गरिएको र जनप्रतिनिधि हालसम्म छलफलमा नआएको जानकारी दिनुभयो । पारिवारीक कारण देखाउँदै उनी पालिकामा नआएको र केहीदिनमा आउने बताएको न्यायिक समितिका संयोजक समेत रहेका उपाध्यक्ष आचार्यले बताउनुभयो । यता वडा सदस्य दहालले भने आफुले गाउँपालिकामा आधा मात्रै कागजात मात्रै पेश गरेको र ओरजिनल कागजात पेश गर्न बाँकी नै रहेको दावि गर्नुभएको छ ।