
काठमाडौँ । नेपालमा सञ्चालित एमसीसी परियोजना तत्कालका लागि पुनः सुरु गर्न अनुमति प्रदान गरिएको छ।
अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा सञ्चालित एमसीसी परियोजना तत्कालका लागि पुनः सुरु गर्न अनुमति प्रदान गरेको हो । अमेरिकी सरकारले एमसीसीअन्तर्गका परियोजना अघि बढाउन अनुमति प्रदान गरेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले जनाएको छ ।
अमेरिकी अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका परियोजना तत्कालका लागि निरन्तरता दिईने भएको छ । तर ९० दिनको समीक्षा अवधि जारी रहेकाले कार्यक्रमको निरन्तरताबारे भने अझै अन्योल छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अनुशरण गर्दै एमसीसीले लिएको कदमले नेपालको परियोजना अन्योलमा परेको थियो ।
एमसीसीले गत फागुन २ मा नेपाल सरकारलाई पत्राचार गरेर भुक्तानी रोक्ने जनाएको थियो । स्थगित सो परियोजना तत्कालका लागि पुन सुरु हुने भएको छ ।