images
images

सिन्धुलीको सबैभन्दा ठूलो सिन्धुली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

  • १० चैत्र २०८१, आईतवार ०९:४३

काठमाडौं । सिन्धुलीको सबैभन्दा ठूलो सिन्धुली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) मा अनेरास्ववियुकोे प्यानल विजयी भएको छ ।

सिन्धुली बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका तुल्सिराम भुजेल विजयी भएका हुन् । भुजेलले २ सय ८७ मत ल्याएर सभापति विजयी हुंदा नेविसंघका समिरजंग थापाले २ सय २२ र स्वतन्त्र उम्मेदवार विनोदजंग कार्कीले १ सय ४६ मत पाएका छन् ।

अन्य पदाधिकारी तथा सदस्यमा पनि अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।