
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा चट्याङ लागेर एक जना घाइते भएका छन् ।
काभ्रेपलाञ्चोकको चौंरी देउराली गाउँपालिका –२ दुत्तीमा चट्याङ लागेर २५ वर्षीय मोहन प्रधान घाइते भएका हुन् । हिजो साँझा परेको चट्याङ लागेर प्रधान घाइते भएको प्रहरीले जनाएको छ । उनी घर नजिकै बसिरहेको बेला अचानक चट्याङ लागेको थियो । उनको टाउकोमा चोट लागेको छ । प्रधानको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।