images
images

राजतन्त्र फर्किँदैन, ज्ञानेन्द्र राजा बन्न लायक छैनन् –देउवा

  • १० चैत्र २०८१, आईतवार १४:३१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गर्नुभएको छ ।

पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजतन्त्र र राजा नफर्किने दावी गर्नुभएको हो । पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको र हुन पनि नसक्ने देउवाको दावी छ । उहाँले ज्ञानेन्द्रलाई राजा नभई राप्रपाले पार्टी सभापति बनाउन सुझाव दिनुभयो ।