images
images

गाजामा पुनः युद्ध सुरु गर्ने निर्णयविरुद्ध ईजरायलका हजारौँ जनता सडकमा, टर्च बालेर प्रदर्शन

  • १० चैत्र २०८१, आईतवार १८:२९

गाजामा पुनः लडाइँ सुरु गर्ने निर्णयको विरोधमा ईजरायलका हजारौँ जनताहरुले प्रदर्शन गरेका छन् ।

ईजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारले शिन बेट घरेलु गुप्तचर सेवाका प्रमुखलाई बर्खास्त गर्दै गाँजामा पुनः लडाइँ सुरु गर्ने निर्णय गरेपछि हजारौँ जनताले तेल अभिभमा प्रदर्श गरेका हुन् । नेतान्याहुले सन् २०२१ देखि शिन बेटको नेतृत्व गरिरहेका रोनेन बारलाई हटाउने निर्णय गरेर लडाइँ सुरु गर्ने अभिव्यक्ति दिएपछि ईजरायलका जनताहरु सडकमा टर्चलाईट सहित प्रदर्शनमा उत्रिएका हुन् ।

तेल अभिभको हबिमा स्वायरमा प्रदर्शनकारीहरुले ईजरायली झण्डा फहराउँदै गाजामा रहेका बाँकी ईजरायली बन्दीहरुको रिहाईका माग गर्नुका साथै सम्झौताका लागि आह्वान गरेका छन् ।

एजेन्सीको सहयोगमा ।