भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको अध्यक्षमा व्यवसायी दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
प्रदेशको उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालकालागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले समृद्ध प्रदेश र व्यवसायीको सुरक्षालाई मुख्य एजेण्डा बनाएका छन् ।
बागमती प्रदेशलाई आर्थिक र औद्योगिक हव बनाउने उनको संकल्प छ । उद्योगी र व्यवसयी मैत्री आर्थिक नीति निर्माणमा प्रभावकारी भूमिका खेल्ने, जिल्ला, नगर तथा वस्तुगत संघहरुको संस्थागत र भौतिक संरचना सुदृढ गर्दै तीनको क्षमता विकासमा लगानी गर्ने उनका एजेण्डा छन् ।
सफल व्यवसायी, नेतृत्व कला
साना तथा मझौला उद्योगहरुलाई लक्षित गरी कर प्रणाली र लेखा प्रणालीमा देखिएमा समस्या समाधान गर्न पह गर्ने श्रेष्ठको प्रतिवद्धता छ ।
अध्यक्षको उम्मेदवारी घोषणा गरेको श्रेष्ठ उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको उपाध्यक्ष हुन् । बर्तमान अध्यक्ष दिलसुन्दर श्रेष्ठको नेतृत्वमा महासंघलाई सफल बनाउन श्रेष्ठको महत्वपूर्ण योगदान रहेको छ ।
दोलखा स्थायी घर भएका श्रेष्ठले २०६२ सालदेखि व्यवसायीक यात्रा सुरु गरेका हुन् । नेपाल वितरक संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ उद्योग वाणिज्य संघ काठमाडौंको महासचिवको जिम्मेवारी पनि छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको अधिवेशन यहि चैत्र २४ गते हुँदैछ ।



हाम्रो अपडेट 






