images
images

आगलागीबाट चार बालबालिकाको मृत्यु

  • १० बैशाख २०७९, शनिबार ०६:५३

काठमाडौं । जुम्लामा आगलागिमा परी चार बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको तिला गाउँपालिका वडा नम्बर ३ स्थित एक घरमा गएराती आगलागी हुदाँ एकै परिवारका तीनसहित चार जना बालबालिकाको मृत्यु भएको हो । आगलागिबाट स्थानिय मानसिंह सार्कीका दुई छोरीहरु ११ वर्षिया अनु र तीन वर्षिया दर्शना, एक वर्षिय छोरा दीपेश र भान्जी १४ वर्षिया तिर्सना सार्कीको मृत्यु भएकोे जुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । आगलागिको कारण भने खुल्न सकेको छैन । आगलागिका कारण बेहोस भएका मानसिंह र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।