images
images

एमालेको विवाद उत्कर्षमाः भीमेश्वरका नगर प्रमुखका उम्मेदवार केसीले गरे चुनाव नलड्ने घोषणा

  • १० बैशाख २०७९, शनिबार ११:३३

दोलखा । भीमेश्वर नगरपालिकाका नगर प्रमुखका उम्मेदवार भरत केसीले आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।

केसीले आज सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा पार्टीले स्थानीय तहको निर्वाचनमा सर्वसम्मत रुपमा नगर प्रमुखको उम्मेदवार बनाएपनि आफुले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताएका छन् । निर्णय प्रक्रियामा सघाउने सबैमा आभार व्यक्त गर्दै केसीले निर्वाचनको कमाण्डर भई अग्रमोर्चामा खटेर पार्टीलाई जिताउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

भीमेश्वर नगरपालिकामा नगर प्रमुख र उपप्रमुखका आकांक्षिहरुले पार्टीले कुनै छलफल नै नगरी उम्मेदवार टुंग्याएको भन्दै प्रदेश कमिटीमा उजुरी दर्ता गराएका थिए । दोलखा एमालेले गरेको निर्णय बदर गरेर माथिल्लो कमिटी मार्फत निर्णय गर्न माग गर्दै प्रदेश कमिटीमा जिल्ला उपाध्यक्ष सहितका नेताहरुले उजुरी दर्ता गराएका हुन् । उजुरी दर्ता गर्नेहरुमा जिल्ला उपाध्यक्ष समेत रहेका नगर प्रमुखका आकांक्षिहरु राजेन्द्र मानन्धर, हरिवंश चौंलागाई, प्रविण प्रधान र उपप्रमुखका आकांक्षिहरु जानुका न्यौपाने, मेनुका सुवेदी, सिता केसी, पुर्णिमा खरेल र रुपा शाही भुजेल रहेका छन् । प्रदेश कमिटीबाट भीमेश्वर नगरको टिकट टुंगो लगाउन आग्रह गर्दै उनीहरुले प्रदेशमा उजुरी दर्ता गराएका थिए ।

पार्टीभित्र देखिएको असन्तुष्टिलाई मध्यनजर गर्दै केसीले उम्मेदवारी फिर्ता लिएका हुन् । नेकपा एमाले दोलखाले उम्मेदवार टुंग्याए लगत्तै पार्टीभित्र आन्तरिक किचलो सुरु भएको छ । एमालेले बुधबार जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंग्याए लगत्तै सो विषयमा विवाद सुरु भएको हो । विशेष गरी भीमेश्वर नगरपालिका, जिरी र शैलुङ गाउँपालिकामा टिकट वितरणका विषयमा विवाद देखिएको हो ।

पार्टीभित्र देखिएको असन्तुष्टिलाई मध्यनजर गर्दै केसीले उम्मेदवारी फिर्ता लिएका हुन् । नेकपा एमाले दोलखाले उम्मेदवार टुंग्याए लगत्तै पार्टीभित्र आन्तरिक किचलो सुरु भएको छ । एमालेले बुधबार जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंग्याए लगत्तै सो विषयमा विवाद सुरु भएको हो । विशेष गरी भीमेश्वर नगरपालिका, जिरी र शैलुङ गाउँपालिकामा टिकट वितरणका विषयमा विवाद देखिएको हो । जिरी नगरपालिकामा पनि एमालेले उम्मेदवार टुंगो लगाएको छ तर त्यहाँ पनि निकै रस्साकस्सी देखिएको छ । नगरप्रमुखका प्रबल दावेदार टंक जिरेल र केशव कुमार कार्कीबिच टिकटका विषयमा लामो समयसम्म विवाद देखिएको थियो । दुवै जनाले कडा दावेदारी प्रस्तुत गरेपछि एमाले दोलखाले उनीहरु दुवै जनालाई पछि सारेर मित्र जिरेललाई अघि सार्दै नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । यद्यपी जिरीमा अहिले टिकट वितरणको विषयलाई लिएर असहमति जारी नै रहेको बताइएको छ ।

यता शैलुङ गाउँपालिकामा पनि एमालेले टुंग्याएको उम्मेदवारको विषयमा विवाद छ । प्रदेश कमिटीले टुंगो लगाउनुपर्नेमा जिल्लाले नै उम्मेदवार टुंग्याउँदा नेताहरुसँग छलफल नभएको भन्दै शैलुङका नेताहरुले पनि आपत्ति जनाएका हुन् । शैलुङ गाउँपालिकाका अध्यक्ष एवम् एमाले नेता भरत दुलालले सामाजिक सञ्जाल मार्फत उम्मेदवारको विषयमा असन्तुष्ट व्यक्त गरिरहनुभएको छ । नेता दुलालले जिल्लाले उम्मेदवार चयन गर्दा राम्रोसँग छलफल नै नगरेको प्रतिक्रिया दिनुभयो ।

यसबाहेक अन्य पालिकाहरुमा पनि एमालेका नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् । माथिल्लो तहका नेताहरुको भावनालाई लत्याएर नेतृत्वले भर्खरै पार्टीमा सामेल भएका नेताहरुलाई टिकट दिएको भन्दै एमालेभित्र तिव्र असन्तुष्टि देखिएको हो । यो पटक एमालेले दोलखामा टिकट वितरणमा विवेक नपु¥याएको भन्दै तीब्र आलोचना खेपिरहेको छ ।