images
images

ठुलो जनमतले समर्थन गर्नेछन्ः शैलुङमा सत्ता गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार श्रेष्ठ

  • १० बैशाख २०७९, शनिबार १५:३०

दोलखा । सत्तारुढ गठबन्धनबाट शैलुङ गाउँपालिकाको अध्यक्षका साझा उम्मेवार रिमालबाबु श्रेष्ठले यो पटक जनताले आफुलाई जिताउने दाबी गर्नुभएको छ ।

हाम्रो रेडियोको कार्यक्रम स्थानीय तह निर्वाचन विशेषमा कुराकानी गर्दै शैलुङ गाउँपालिकामा नेकपा माओवादीबाट सत्तारुढ गठबन्धनको साझा उम्मेवार बनेका श्रेष्ठले यस्तो बताउनुभएको हो । पालिकाको वर्तमान वस्तुस्थिति र परिस्थिति हेर्दा जनता आफ्नो पक्षमा रहेको भन्दै उहाँले ठुलो जनमतले आफुलाई समर्थन गर्ने दावी गर्नुभयो । २०७४ सालको निर्वाचनमा प्राविधिक लगायतका कारण हार व्यहोरेपनि यो पटक अघिल्लो नेतृत्वलाई पराजित गर्न राम्रोसँग अध्ययन गरेको र सोहीअनुसार पार्टीका नेता तथा कार्यकर्ताहरुमा उत्साह जागेको अध्यक्षका उम्मेदवार श्रेष्ठले बताउनुभयो । उहाँले अघिल्लो सत्ताले गरेको क्रियाकलापको आधारमा नेतृत्व दोहो¥याउने/नदो¥याउने भन्ने कुरा जनताको हातमा हुने र सानो पार्टी सत्तामा पुगेको धेरै उदाहरण रहेकाले यो पटक शैलुङ गाउँपालिका त्यसको उदाहरण हुने उल्लेख गर्नुभयो ।

शैलुङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रेष्ठले हाल जनमत बुझ्नका लागि वडा कमिटि, टोल कमिटि, सेल कमिटि र पालिका कमिटिले सर्वेक्षण गरिरहेको भन्दै गठबन्धन दल पनि आफ्नो पक्षमा हुँदा जित हात पार्न सहज हुने बताउनुभयो । जनयुद्धकालको घाईते योद्धा समेत रहेका श्रेष्ठले गाउँपालिकामा यसअघिको नेतृत्व हुँदा खासै विकासको अनुभुति नगरेको हुँदा सो काम पुरा गर्नका लागि पुनः उम्मेदवार बनेको उहाँको भनाई छ । श्रेष्ठले ५ वर्षको अवधिमा पिडित भएकाहरुको गुनासो सुनुवाई नभएको भन्दै उहाँले पिछडिएको वर्गको हक हितका लागि पार्टीको नीति नियम र सिद्धान्तअनुसार सत्ता सञ्चालन गर्न आफु सफल हुने विश्वास व्यक्त गर्नुभयो । अघिल्लो नेतृत्वले अराजक क्रियाकलाप, भ्रष्टाचार गर्ने, अन्याय गर्ने, जनताको माग पुरा नगर्ने काम गरेकाले त्यसको विरुद्ध आफु शसक्त उम्मेदवार हुने उहाँको भनाई छ ।

सत्तारुढ गठबन्धनबाट शैलुङ गाउँपालिकाको अध्यक्षका साझा उम्मेवार रिमालबाबु श्रेष्ठले यो पटक जनताले आफुलाई जिताउने दाबी गर्नुभएको छ । पालिकाको वर्तमान वस्तुस्थिति र परिस्थिति हेर्दा जनता आफ्नो पक्षमा रहेको भन्दै उहाँले ठुलो जनमतले आफुलाई समर्थन गर्ने श्रेष्ठले बताउनुभएको हो । लुङका अध्यक्षका उम्मेदवार श्रेष्ठले अबको ५ वर्षमा आफुले सत्ताको जिम्मेवारी पाएमा परिवर्तनको सन्देश जनस्तरमा पु¥याउन जनताले प्रत्यक्ष महशुस गर्ने गरी कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभएको छ । 

शैलुङका अध्यक्षका उम्मेदवार श्रेष्ठले अबको ५ वर्षमा आफुले सत्ताको जिम्मेवारी पाएमा परिवर्तनको सन्देश जनस्तरमा पु¥याउन जनताले प्रत्यक्ष महशुस गर्ने गरी कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभएको छ । उहाँले अघिल्लो नेतृत्वले शैलुङ बागमती प्रदेशको उत्कृष्ट पालिका भएको भन्दै भ्रम फैलाइएको धारणा राख्नुभयो । उत्कृष्ट पालिका भनिएपनि पालिकाका स्थानीयले थोरै पनि त्यसको महशुस गर्न नपाएको अवस्थामा आफु अध्यक्ष भएमा संघीयता, धर्मनिरपेक्षता, समावेशिताको उदेश्य जनस्तरमा पु¥याउने गरी काम गर्ने उल्लेख गर्नुभयो । गाउँपालिकामा एमाले नेतृत्वको गतिविधि, एकलौटी निर्णय र निरकुशताको विरुद्ध पार्टीभित्रकै कार्यकर्ताको असन्तुष्टि रहेको र स्थानीयले सत्ताले गरेको परिवर्तन केही अनुभव गर्न नपाएको उहाँको भनाई छ ।

अध्यक्षका उम्मेदवार श्रेष्ठले आफुले नेतृत्वको जिम्मा पाएमा गाउँपालिकालाई समृद्ध बनाउन सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने भनाई महशुस गर्ने गरी काम गर्ने, कृषीलाई आधुनिकीकरण, औद्योगिकिकरण र बजारीकरण गर्ने कामलाई प्राथमिकता दिने बताउनुभयो । साथै पालिकामा पर्यटकीय विकास, शिक्षा, स्वास्थ्य लगायतको पुर्वाधारको क्षेत्रलाई व्यवस्थापन गर्दै जनताको जिवनस्तर उठाउने गरी काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।