images
images

स्थानीय तह निर्वाचनका लागि एकीकृत समाजवादी दोलखाको मुख्य पदको उम्मेदवार टुङ्गियो

  • १० बैशाख २०७९, शनिबार १९:००

जिरी (दोलखा) । नेकपा एकीकृत समाजवादी दोलखाले पालिकाको मुख्य पदका उम्मेदवार टुङग्याएको छ ।

जिल्लामा गठबन्धनबाट भागबण्डा गर्दा एकीकृत समाजवादीले तामाकोशी र मेलुङ गाउँपालिकामा अध्यक्ष र भिमेश्वर नगरपालिकामा उपप्रमुख प्राप्त गरेकोमा सोको लागि उम्मेदवार तय गरिएको हो । जसअनुसार नेकपा एसले जिल्ला पार्टी सचिव समेत रहेका नेता प्रोणप्रताप केसीलाई तामाकोशी गाउँपालिका अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ भने मेलुङ गाउँपालिकाको अध्यक्षमा चुनाव लड्नका लागि रविन्द्र कार्कीलाई अघि सारेको छ ।

यस्तै, एकिृत समाजवादीले भिमेश्वर नगरपालिकाको उपप्रमुखको उम्मेदवार संगिता पाख्रिनलाई बनाएको छ । गठबन्धनको भागवण्डा अनुसार एकीकृत समाजवादीले पालिकाहरुमा पाएको मुख्य पदका लागि उम्मेदवार तय गरिएको हो । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एसको तर्फबाट वडाध्यक्ष लगायत अन्य पदमा उम्मेदवार छनौट गर्न आन्तरिक छलफल भइरहेको एसका जिल्ला पार्टी सचिव प्रोणप्रताप केसीले जानकारी दिनुभयो ।

जिल्लामा गठबन्धनबाट भागबण्डा गर्दा एकीकृत समाजवादीले तामाकोशी र मेलुङ गाउँपालिकामा अध्यक्ष र भिमेश्वर नगरपालिकामा उपप्रमुख प्राप्त गरेकोमा सोको लागि उम्मेदवार तय गरिएको हो । गठबन्धनमा भागवण्डा मिलाउँदा नेकपा एकिकृत समाजवादीले २ पालिका प्रमुखसहित १ उपप्रमुख पाएको थियो । वडाध्यक्ष लगायत अन्य पदमा उम्मेदवार छनौट गर्न आन्तरिक छलफल भइरहेको एसका जिल्ला पार्टी सचिव प्रोणप्रताप केसीले जानकारी दिनुभयो ।

जिल्लामा गठबन्धन नटुङ्गिएपछि हिजोको बागमती प्रदेशस्तरीय पाँच दलीय गठबन्धनको बैठकले दोलखा गठबन्धनको भागबण्डा टुङग्याएको थियो । गठबन्धनमा भागवण्डा मिलाउँदा सत्तारुढ नेपाली काङ्ग्रेसले ४ पालिका प्रमुख र ५ उपप्रमुख, नेकपा माओवादी केन्द्रले ३ पालिका प्रमुख र ३ उपप्रमुख तथा नेकपा एकिकृत समाजवादीले २ पालिका प्रमुखसहित १ उपप्रमुख पाएको थियो ।

निर्वाचन आयोगले यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भोलि र पर्सि मनोनयन दर्ता गर्ने समय तोकेकोले दोलखाका राजनितिक दलहरु उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेका छन् ।