images
images

बागमती प्रदेशमा हालसम्म ५५२४ जनप्रतिनिधि निर्वाचित

  • ९ जेष्ठ २०७९, सोमबार ०९:०८

हेटौडा । वाग्मती प्रदेशमा हालसम्म ५ हजार ५ सय २४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा हालसम्म ५ हजार ५ सय २४ जनप्रतिनिधि निर्वाचित भएका हुन् । जसअनुसार कांग्रेसले प्रमुखदेखि सदस्यसम्म गरी २ हजार ३ सय ७१ पदमा जित हासिल गरेको छ । यस्तै, नेकपा एमाले १ हजार ९ सय ५४, नेकपा (माओवादी केन्द्र) ९ सय ३९ र नेकपा (एकीकृत समाजवादी) १ सय १० पदमा विजयी भएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५८, नेपाल मजदुर किसान पार्टीले ५४, जनता समाजवादी पार्टीले ३ र स्वतन्त्रले ३५ पदमा जित हासिल गरेका छन् ।