
दोलखा। बृद्धा अवस्थामा जेष्ठ नागरिकहरुको पालनपोषणमा कमि आउन थालेपछि दोलखामा बृद्धाश्रम केन्द्रहरु निर्माण हुन थालेका छन् ।
बढ्दो वैदेशिक रोजगार र पारिवारिक हेयका कारण जेष्ठ नागरिकहरु उपेक्षित बन्दै गएपछि जिल्लामा वृद्धाश्रम केन्द्र निर्माण हुन थालेका हुन् । पारिवारिक उपेक्षा, आर्थिक समस्या, आत्मसम्मानको खोजी र धार्मिक विश्वासका कारण पनि जेष्ठ नागरिक घरबार छाडेर वृद्धाश्रममा बस्न थालेपछि जिल्ला/जिल्लामै वृद्धाश्रम सञ्चालन हुन थालेका हुन् । दोलखा जिल्लामै वृद्धाश्रम सञ्चालन हुने भएपछि बुढेसकालमा बेसाहारा भएका ज्येष्ठ नागरिकको व्यवथापनमा सहजता हुने भएको छ ।
जिल्लामै पहिलो पटक दोलखाको शैलुङ गाउँपालिकास्थित त्रिवेणीघाटमा वृद्धाश्रम निर्माण भएको छ । संघीय सरकार, प्रदेश सरकार र शैलुङ गाउँपालिकाको सहयोगमा शैलुङ गाउँपालिका वडा नम्बर ७ स्थित त्रिवेणीघाटमा सुविधा सम्पन्न वृद्धाश्रम निर्माण भएको हो । चर्णावती त्रिवेणी विकास तथा प्रवर्धन संघको समन्वयमा ५ करोड लागतमा वृद्धाश्रम निर्माण सम्पन्न भएको संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले जानकारी दिनुभयो । घरमा बस्ने वातावरण नभएका, हेलामा परेका र संरक्षणको अभाव भएकालाई संरक्षण दिने, ध्यान र योग गर्न सिकाउने र खुसी जीवन यापन गर्न सिकाउने उद्धेश्यले वृद्धाश्रम निर्माण गरिएको उहाँले बताउनुभयो ।
बृद्धा अवस्थामा जेष्ठ नागरिकहरुको पालनपोषणमा कमि आउन थालेपछि दोलखामा बृद्धाश्रम केन्द्रहरु निर्माण हुन थालेका छन् ।पारिवारिक उपेक्षा, आर्थिक समस्या, आत्मसम्मानको खोजी र धार्मिक विश्वासका कारण पनि जेष्ठ नागरिक घरबार छाडेर वृद्धाश्रममा बस्न थालेपछि जिल्ला/जिल्लामै वृद्धाश्रम सञ्चालन हुन थालेका हुन् । दोलखा जिल्लामै वृद्धाश्रम सञ्चालन हुने भएपछि बुढेसकालमा बेसाहारा भएका ज्येष्ठ नागरिकको व्यवथापनमा सहजता हुने भएको छ ।
आर्थिक वर्ष २०७२/७३ सालबाट निर्माण सुरु भएको वृद्धाश्रम तिन तलाको छ भने ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सासहित १८ कोठा निर्माण भएको छ । सो वृद्धाश्रममा अस्थायी रुपमा अभिभावकत्व प्रदान गर्ने गरी वृद्धवृद्धालाई राखिनेछ । सो स्थानमा राम वनबास आएको र सिताले रामलाई खोज्न आउने क्रममा खाना पकाएर खाएको सिताको चुल्हो, सिताले नुहाएको पानीको धमिलो दह, तिन वटा नदीको संगम स्थल त्रिवेणी र नजिकै धार्मिक कार्य गर्नका लागि त्रिवेणी मन्दिर रहेकाले सो स्थानमा वृद्धाश्रम निर्माण गरिएको बुढाथोकीले बताउनुभयो । यद्धपी सो आश्रम कहिलेवाट संचालनमा आउने हो ? यकिन भएको छैन । वृद्धाआश्रम निर्माणको सम्पुर्ण तयारी पुरा भइसकेको र निर्वाचनका कारण उद्धघाटनमा ढिलाई भएको चर्णावती त्रिवेणी विकास तथा प्रवर्धन संघका कोषाध्यक्ष शम्भु खड्काले दाबी गर्नुभयो ।
जिल्लामै पहिलो पटक दोलखाको शैलुङ गाउँपालिकास्थित त्रिवेणीघाटमा वृद्धाश्रम निर्माण भएको छ । बेसहारा भएका जेष्ठ नागरिक राख्नका लागि शैलुङको त्रिवेणीघाटमा वृद्धाश्रम निर्माण हुदाँ तामाकोशी गाउँपालिकामा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिकामा जेष्ठ नागरिक मिलन केन्द्र घर सञ्चालनमा आएपछि स्थानीय वृद्धवृद्धालाई समय विताउन सहज हुने भएको छ भने भेटघाट गरेर भलाकुसारी गर्न, आपसमा रमाउन सक्ने वातावरण तयार भएको छ ।
बेसहारा भएका जेष्ठ नागरिक राख्नका लागि शैलुङको त्रिवेणीघाटमा वृद्धाश्रम निर्माण हुदाँ तामाकोशी गाउँपालिकामा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आएको छ । जेष्ठ नागरिकलाई समय बिताउन र मनोरञ्जनका लागि जिल्लामै पहिलो पटक तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुस्थित डाँडागाउँमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आएको हो । गाउँपालिकाको २५ लाख लागतमा निर्माण सम्पन्न भएको सो मिलन केन्द्रमा ५ लाख बराबरको सामाग्रीहरु राखिएको निवर्तमान गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जेष्ठ नागरिक मिलन केन्द्रमामा वृद्धावृद्धका लागि टेलिभिजन, बाद्यबाद्यकका सामाग्रि, पौराणिक किताब, बस्नका लागि उचित व्यवस्था गरिएको छ । जेष्ठ नागरिकहरुलाई दिनको समयमा उपस्थित गराएर भलाकुसारी गर्ने वातावरण बनाउने, भजन गाउने, पौराणीक किताव पढ्ने, पत्रपत्रीका उपलब्ध गराउने लगायतको व्यवस्थापन गरिएको छ ।
साथै नजिकै मालु स्वास्थ्य चौकी रहेकाले वृद्धवृद्धा नागरिकलाई दैनिक रुपमा स्वास्थ्य जाँच गर्ने व्यवस्था पनि गरिएको छ । जेष्ठ नागरिकहरुलाई चिया, तातोपानी खुवाउने तथा दैनिक रुपमा अन्य कार्यमा सहजिकरण गर्नका लागि कार्यालय सहयोगी समेत राखिएकोे छ । गाउँपालिकामा जेष्ठ नागरिक मिलन केन्द्र घर सञ्चालनमा आएपछि स्थानीय वृद्धवृद्धालाई समय विताउन सहज हुने भएको छ भने भेटघाट गरेर भलाकुसारी गर्न, आपसमा रमाउन सक्ने वातावरण तयार भएको छ ।