images
images

सिन्धुलीमा रुखबाट लडेर एक महिलाको मृत्यु

  • ९ जेष्ठ २०८०, मंगलवार ०७:५८

सिन्धुली । सिन्धुलीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ६ चिसापानीकी ५० वर्षीया शान्तिमाया माझीको रुखबाट लडेर मृत्यु भएको हो । उनी घरबाट करिब २ सय मिटर दक्षिणतर्फ बारीमा रहेको स्वामीको रुखमा चडी स्याउला झार्न गएकी थिइन् । सोही क्रममा रुखबाट लडी उनको घटना स्थलमै मृत्यु भएको सिन्धुलीका सूचना अधिकारी चिरञ्जीवी दहालले जानकारी दिनुभयो । उहाँका अनुसार शब अहिले घरमा ल्याइएको छ ।