images
images

भरुवा बन्दुक सहित दुई जना पक्राउ

  • ९ जेष्ठ २०८०, मंगलवार १९:१५

सिन्धुली । सिन्धुलीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ बगैचाका चन्द्र बहादुर पाख्रिन र कमलामाई नगरपालिका १३ का ४७ वर्षीय केशव हायु भरुवा बन्धुकसहित आज पक्राउ परेका हुन् । उनीहरुले आफ्नो घरमा विना इजाजत भरुवा बन्दुक लुकाई राखेको सुचनाको आधारमा कपिलाकोटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।  पाख्रिनको घरमा १ थान भरुवा बन्दुक र प्लास्टिकको बोतलमा १ सय ३५ ग्राम बारुद जस्तो देखिने धुलो पदार्थ र हायुको घरमा १ थान भरुवा बन्दुक फेला पारेको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको डिएसपी दहालले जानकारी दिनुभयो ।