images
images

हातहतियार खरखजाना र कर्तव्य ज्यान मुद्धामा फरार रहेका दुई जना जेल चलान

  • ९ जेष्ठ २०८०, मंगलवार १९:२८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा हातहतियार खरखजाना र कर्तव्य ज्यान मुद्धामा फरार रहेका दुई जना जेल चलान भएका छन् ।

हातहतियार खरखजाना मुद्धामा फरार रहेका सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका ८ का ५९ बर्षिय लोक बहादुर तमाङ र कर्तव्य ज्यान मुद्धामा फरार रहेका ईन्द्रावती गाउँपालिका ५ का ५३ बर्षिय एकबहादुर बिक जेल चलान भएका हुन् । तामाङलाई अदालतले सो मुद्दामा २ महिना १० दिन कैद र दश हजार जरिवाना सजाँय गरेपछि उनी फरार भएका थिए । यस्तै, विक कर्तव्य मुद्दामा ५ महिना ७ दिन कैद र र तिस रुपैँया जरिवाना सजाँय भएपछि फरार रहेको सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मातहत ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो पक्राउ गरी आज अदालत पेश गरेको थियो । अदालतले उनीहरुलाई लागेको कैद जरिवाना सजाय असुल उपरका लागि आजै कारागार कार्यालय चौतारा चलान गरेको प्रहरीले जनाएको छ ।