images
images

आज २५६८ औँ बुद्ध जयन्ती दिवस मनाइँदै

  • १० जेष्ठ २०८१, बिहीबार ०६:२८

काठमाडौं । आज २५६८ औँ बुद्ध जयन्ती दिवस मनाइँदैछ ।

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाउन लागिएको हो । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाईन्छ । बौद्ध अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रमको आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, बिहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दिपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आवहान गरेको छ । बुद्ध जयन्ती र उभौली पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।