रामेछाप । रामेछापका भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाको रामेछाप नगरपालिका–६ ओख्रेनीका ८५ वर्षीय गोकुल घिसिङको लडेर मृत्यु भएको हो । भालुखोप बजारबाट आफ्नो घर जाने क्रममा झगरेलेख पाखामा लडेर उनको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पिसाव फेर्ने क्रममा हिजो बेलुकी लडेर मृत्यु भएका वृद्ध करिब ५० मिटर तल खसेका थिए ।










