सोलुखुम्बु । सगरमाथा आरोहण गर्ने क्रममा सोलुखुम्बुको लिखु पिकेका एक पुरुष बेपत्ता भएका छन् भने केन्याका ४० वर्षीय नागरिकको मृत्यृ भएको छ ।
बेपत्ता हुनेमा लिखुपिके गाउँपालिकाका ४४ वर्षीय ङवाङ शेर्पा रहेका छन् । यस्तै, केन्याका जोसु चेरुइयुत किरुईको मृत्यु भएको पर्यटन विाभागले जनाएको छ । उनीहरुले जेठ ५ गते आधार शिविर हुदैँ आरोहण सुरु गरेका थिए । बेपत्ता शेर्पा जोसु चेरुइयुतसँगै हिमाल गएका नेपाली माउन्टेन गाइड थिए । उनीहरु हिजो चौथौ शिविर सगरमाथा चुचुरोतर्फ लागेका थिए ।
हिजो दिउँसो सम्म सम्पर्कमा नआएपछि सेभेन समिटले ४ माउन्टेन गाइड परिचालन गरी क्याम्प २ भन्दा माथि सर्च एन्ड रेस्क्यु टिम परिचालन गरेको थियो । सो क्रममा केन्याका नागरिक मृत फेला परेका थिए । शेर्पाको अवस्था अज्ञात रहेको पाइएको छ भने खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।