images
images

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा जिरीमा

  • ९ असार २०८१, आईतवार १०:४२

जिरी(दोलखा) । पछिल्लो २४ घण्टामा दोलखासहित ९ स्थानमा भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दोलखाको दुई स्थान, सिन्धुपाल्चोकका तीन स्थान, गोरखाको दुई, लमजुङको एक र तनहुँको एक स्थानमा भारी वर्षा भएको हो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी दोलखाको जिरीमा ७९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ भने लामाबगरमा ७२ मिलिमिटर वर्षा भएको छ । यस्तै सिन्धुपाल्चोकको चन्दर्कुमा ७० दशमलव ८ मिलिमिटर, सिन्धुपाल्चोकको भोटाङमा ६८ दशमलव ४ मिलिमिटर तथा ढुंगेमा ५४ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

यी मौसम महाशाखाका स्वचालित वर्षा मापन केन्द्र भएका ठाउँ हुन् । यसबाहेक देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।